Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

एमयूमा सेनिटाइजर उत्पादन सुरु

सुर्खेत

सेनिटाइजार उत्पादन कार्यको प्रारम्भ गर्दै उपकुलपति सिंहले विश्वविद्यालयलाई समुदाय र इन्डस्र्ट्रीसङ्ग जोड्दै उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धि एवं समाज सेवासङ्ग जोड्ने यो सेनिटाइजर उत्पादन कोभिड १९ ले सिर्जना गरेको विश्वव्यापी महामारीबाट तत्कालको लागी सुरक्षित हुन र दीर्घकालीन रूपमा उद्ध्यमशिलतासङ्ग जोडिदै निरन्तरता दिन यो उत्पादन कोशेढुङ्गा साबित भएको बताउनुभयो। उहाँले थप्नु भयो , ” विश्वविद्यालयका सम्पुर्ण कार्यक्रमहरुलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई जोड्दै उद्धोग र समुदायसङ्ग समन्वय गर्ने गरि पाठ्यक्रम र अध्ययन, अध्यापन र अनुसन्धानलाई परिमार्जन गरिने छ ।

Image may contain: one or more people, people sitting and people standing

” त्यसैगरी रजिस्ट्रार सह प्रा. यम बहादुर कार्कीले विश्वविद्यालयले उपकुलपतिज्युको नेतृत्व र भिजनमा व्यवहारिक र प्रायोगिक शिक्षालाई जोड्ने गरि कार्यक्रम अगाडि बढाउने भन्दै लकडाउनको यो प्रतिकुल समयमा पनि सम्पुर्ण व्यवस्थापन र समन्वय गरि यो सफलता हासिल गरेकोमा सेनिटाइजर उत्पादन समन्वय समितिको टीमलाई धन्यवाद ज्ञापन गर्नुभयो । विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद चपाईले अब प्राध्यापक र विद्यार्थीहरुले अध्ययन, अध्यापन र अनुसन्धानको नियमित कार्यसङ्ग यस्ता उत्पादनमुखी परियोजना कार्य बढाउने बताए ।

Image may contain: 1 person, sitting

युवा बैज्ञानिक राजेन्द्र बिष्टले विश्वविद्यालयको संयोजनमा भएको यो सेनिटाइजर अन्य उत्पादन भन्दा सस्तो, गुणस्तरीय र स्वास्थकर रहेको दाबी गर्दै विश्वविद्यालयसङ्ग जोडिएर आगामी उत्पादन कार्यमा सङ्गसङ्गै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरे । उक्त परियोजनाको समन्वय समितिका सङ्योजक समेत रहेका शिक्षाशास्त्र सङ्कायका सहायक डीन बिष्णुकुमार खड्काले भोलिदेखी नै विश्वविद्यालयको लोगो रहेको स्टिकर टास गरि कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्रालयहरु, अस्पतालहरु र सर्वसाधारणको लागि पहिलोपटकको उत्पादन निशुल्क वितरण गरि बिक्रीवितरण गर्ने गरि दोस्रो चरणको उत्पादन गरिने जानकारी दिए ।

उक्त समुद्घाटन कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषदका सदस्य पदमराज जोशी, मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेत, शिक्षाशास्त्र केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख जसबिर रोका, मुसुमका निर्देशक डा. सुशील शाही लगायत प्राध्यापक एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।