Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

प्रदेश प्रमुखकाे श्रमिक दिवसकाे शुभकामना सन्देश

सुर्खेत ।

श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको स्मरणको रूपमा प्रत्येक वर्ष मे १ का दिन विश्वभर मनाउने गरेको ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णालीवासी श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दछु ।

यस दिवसले सम्पूर्ण श्रमजीवीहरूलाई आफ्नो हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि एकबद्ध हुन सहयोग पुग्ने अपेक्षा गरेको छु । नेपाली जनतालाई रोजगारीको लागि विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्न तीनै तहका सरकारहरूले रोजगारीका अवसरहरू सृजना गर्ने काम प्राथमिकतामा राखी लागिपरेका छन् । नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ । हालको विश्व सन्दर्भमा कृषि क्षेत्रको अझ महत्व वृद्धि भएकोले कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै यस सँग सम्बन्धित सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्याउने विश्वास लिएको छु ।

हाल समग्र विश्व नै नोवल कोरोनाभाइरस ९कोभिड (१९०को महामारीका कारण सङ्कटको घडीमा छ । यतिबेला सबै श्रमजीवीहरूको जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको छ । यस विषम परिस्थितिमा कर्णाली प्रदेशवासी श्रमजीवी जनताको जीविकोपार्जनका लागि विशेष व्यवस्था गर्न कर्णाली प्रदेश सरकारको ध्यान आकृस्ट गराउन चाहन्छु ।

अन्तमा, नोवल कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारले जारी गरेका निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्णमा अपिल गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिकहरूको रोजगारीको ग्यारेन्टी, सिप अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रमअधिकार सुनिश्चितताको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद १
मिति २०७७ बैशाख १९ गते, शुक्रवार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश