Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कविता – कोरोनाबाट यसरी बचौं

डा. वीरेन्द्र के सी

अचुक औषधि
कोरोनाले नछुने
बस आफू अरु देखि
दुई मिटरको दुरीमा रहने ।

हात नमिलाऔं
गला नजोडौं
गाला जोड्ने त
कुरै नसोचौं ।
अभिवादन गर्नुपरे
दुईहात जोडौं
नमस्कार गरांै
र आफ्नो संकृतिको महिमा छरौं ।

रोकिदैन यो कोरोना
फगत मास्क लाएर
अत्यन्तै जरुरी हँुदा बाहेक
ननिस्कौं घर बाहिर
नछोऔं जथाभाबि
आँखा, मुख र नाक
धोऔं नियमितसँग
साबुन पानीले हात
खेक्दा वा हाछयूं गर्दा
नभुलि मुख छोपौं
यी साबधानि अपनाई
कोरोना फैलिनबाट रोकौं ।

सरोकारवालाको अनुरोध मानौं
सेवाकर्मीलाई सम्मान गर्न जानौंै
सदभाव र प्रेम फैलाऔं
भ्रम छरेर समाज नमैलाऔं
नडराऔं
तर सजग रहौं ।

न तिम्रो मात्र
न मेरो मात्र
यो सबैको साझा बिपदको क्षण हो ।
संसार भरी
कोरोनाको कालो बादल मडारिएको बेला
सम्पूर्ण विज्ञानलाई नै
चकित पारिरहेको वेला
आउ सबै मिलेर
हातेमालो गरौं
अनि सबैले
यो कोरोना महामारीको समुद्र तरौंं ।

जन्म स्थान दाङ
हाल न्युजिल्याण्ड