Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालगंजमा ९ जना र वीरगंजमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पर्साको वीरगन्ज महानगरपालिका ३ छपकैयामा एक ३६ वर्षीय पुरुषमा कोरोनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी, नेपालगञ्जमा ९ जनामा पोजिटिभ देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

बाँकेको नेपालगञ्जमा एकैदिन ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपागञ्जमा ९ जना संक्रमित थपिएको बताए।

यसअघि त्यहाँ एकजनामा कोरोना संक्रमण भेटिएको  थियो।

योसँगै नेपालगञ्जमा संक्रमितको संख्या १० पुगेको छ।