Loading... आजः १६ असार २०८३, मंगलवार । Tuesday 30th June 2026
ताजा खबर
  

आज हावाहुरीसहित वर्षा हुने

 बैशाख २१, २०७७ काठमाडौं ।

आज पनि देशभरको मौसम बदली भई अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

मध्य, पूर्व र पश्चिमका अधिकांस स्थानमा पानी पर्ने मौसमवीद् मीनकुमार अर्यालले जानकारी दिए। स्थानीय वायु, पश्चिमी वायु, बंगाल र अरब सागरबाट उत्पन्न जलबाष्पयुक्त वायु र प्रि–मनसुनका कारण मौसम बदली भई केही दिन यता निरन्तर पानी परिरहेको छ।  यो क्रम अझै केहि दिन कायमै रहने मौसमवीद् अर्यालले बताए।

गएराति पनि देशका अधिकांश स्थानमा पानी परेको थियो। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ।  दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।