पत्रकारले भयरहित वातावरणमा काम गर्न पाउनुपर्छः देउवा
सुर्खेत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम भईरहेको बताउनु भएको छ । विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले युनेस्कोले तय गरेको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ अनुरुप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको रहेको बताउनु भएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,।
‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टी राख्न मिल्दैन,’ उहाँद्वारा जारी सन्देशमा भनिएको छ, ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने रु वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपील गर्न चाहन्छु ।’
पत्रकार र मिडिया यतिबेला दुई खालका चुनौतीबाट गुज्रिरहेको सभामपित देउवाके भनाइ छ । कोभिड १९ को विश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको उहाँले शुभकामना सन्देशमा भन्नुभएके छ ।
बिज्ञापन देखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसविचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् । यस अवस्थामा सभापति देउवाले कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसंग आग्रह र माग गर्नुभएको छ ।








