लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
सुर्खेत ।
कोरोनाका कारण यही वैशाख २५ गतेसम्म गरिएको लकडाउन सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । देशमा कोरोनाका संक्रमितहरु बढिरहेको अवस्थामा जनताको स्वास्थ्य सुरक्षाका लागि लकडाउन लम्ब्याउन आवश्यक थियो ।

२०७६ चैत्र ११ गतेदेखि गरिएको लकडाउनलाई जेठ ५ सम्म लम्ब्याइएको बताइएको छ । अहिलेसम्म ८२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २२ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको पनि ज्यान गएको छैन ।
लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई हातमुख जोर्ने समस्या भएको छ भने स्थानीय तहले राहत पनि वितरण गरिरहेका छन् । तर राहत प्रयाप्त नभएको र आवश्यक सबैलदे नपाएको आवाज उठिरहेको छ ।






