Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

विरगंजमा भेटिए १७ जना संक्रमित

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । आज विरगंजमा १७ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ९९ पुगेको हो । १७ जना मध्य१० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।


अहिलेसम्म कोरोनाबाट सञ्चो हुनेको संख्या २२ रहेको छ भने निको भइसकेका ३ जनामा पुनः संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म कसैले पनि कोरोनाका कारण ज्यान गुमाउनु परेको छैन । आजै बसेको मन्त्री परिषद बैठकले लकडाउनलाई जेठ ५ गतेसम्मका लागि लम्ब्याएको छ ।