Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने पक्राउ

काठमाडौं–

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने २० जना पक्राउ परेका छन्।

लिपुलेकमा भारतले मानसरोबर जोड्ने सडकमार्ग बनाएको विरोध गर्दै संसद भवन अगाडि नाराबाजी गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरमा राखिएको छ।

११ बजे सुरू भएको संसद बैठकको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको सहभागीहरूले बताएका छन।

बारम्बार भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको भने विरोध भइरहेको छ । उच्च निकायबाट कुनै पहलकदमी नभएको र नेपाली भूमि मिचिदै गएको भनेर पटक पटक आन्दोलनहरु हुने गरेका छन् । तरपनि सरकार संचालकहरु उच्चस्तरीय छलफल गरेर समस्या समाधान गर्ने बताउँदै आएका छन् ।

नेपाल समय