Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अर्काे मुलुकबाट आउनेकाे संख्या बढ्दा कर्णालीमा पनि काेभिड -१९ काे जोखिम

सुर्खेत ।

कर्णाली सरकारले पहिलाे पटक  वैशाख २२ देखि १ सातासम्म प्रदेशका सबै नाका सिल गर्याे । काेभिड -१९ काे  जाेखिम न्युनीकरण नभएकाे कारणले फेरी प्रदेश सरकारकाे विपद व्यवस्थापन समितिकाे बैठक बसी अर्काे सूचना नअाउन्जेल सम्मका लागि सबै सीमा सिल गर्याे । २७ स्थानमा चिकित्सकसहित मेडिकल टोली खटाएको थियो ।

ग्रामीण क्षेत्रमा स्वाब सङ्कलन कार्य पनि तीव्र पारिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबारसम्म २ हजार ७ सय ६३ को पिसीआर परीक्षण गरिएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्कलन गरेका १ हजार २ सय ८९ र सुर्खेतस्थित प्रदेश प्रयोगशालाले सङ्कलन गरेका १ हजार ४ सय ७४ स्वाबको परीक्षण गरिएको हो ।

प्रदेशभर करिब ८ हजार जनाको आरडिटी गरिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले भारतबाट मान्छे आउने क्रम शुरु भएपछि कर्णालीमा चुनौती थपिएको बताउनुभयो । “पहिलो चरणमा हामीले भारतलगायत विदेशबाट आएका व्यक्तिको परीक्षण गरेका थियौँ, यसले केही हदसम्म कोरोनाबाट सुरक्षित बनाएको थियो ।