Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

अस्ताए सुर्खेती गजलका एउटा हस्ती

सुर्खेत ।
पछिल्लो समय साहित्यको क्षेत्रमा धेरै मन पराइएको विधा गजल । सुर्खेती गजलको क्षेत्रमा एउटा इँटा थप्ने एउटा हस्ती लक्ष्मण वि.सी. ‘प्रभात’ अस्ताएका छन् । २०३८ साल असार १४ गते दैलेखको पिलाडीमा जन्मेका ‘प्रभात’ उच्च शिक्षाको सिलसिलामा सुर्खेत झरेसँगै २०५९ तिरबाट नेपाली गजलमा कलम चलाउन थालेका हुन् । लामो समय मुटु रोगबाट ग्रसित उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा हिजो (जेठ ३ गते) मृत्यु भएको थियो ।

स्व. लक्ष्मण वि.सी. ‘प्रभात’

स्वास्थ्यका कारण पछिल्लो समयमा लेखनबाट टाढा रहेपनि उनले गजलमा दिएको उल्लेख्य योगदान दिएका थिए । उनी तत्कालिन मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको सचिवलगायत, दैलेख सुर्खेत सम्पर्क शाखाका संयोजक पनि थिए । गजल प्रधान पत्रिका जुनेलीका प्रधानसम्पादक समेत रहेका उनी विभिन्न पदमा रहेर काम गरेका थिए भने गजलप्रधान पत्रिका गजलवाटिकाका सम्पादक समेत थिए ।

उनको हजारी थुङ्गा नामक गजल संग्रह प्रकाशित छ । उनले सुर्खेतमा रहेर नेपाली गजलको विकास र विस्तारका लागि ठूलो योगदान दिएका थिए । उनका एक छोरा एक छोरी श्रीमति र आमाबुबा छन् । आज (आइतबार) हिन्दु परम्परा अनुसार उनको स्थानीय भेरी नदी किनारमा अन्तिम दाह संस्कार गरिएको छ ।