Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

लकडाउन अवधिमा सबैभन्दा बढि आत्महत्याका घटना

सुर्खेत ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसबाट बच्न र बचाउनका लागि नेपाल सरकार २०७६ चैत्र ११ गतेदेखि लगडाउन ग¥यो । सरकारले लकडाउन गरेको ५४ औं दिन अर्थात २०७७ जेठ ३ गतेसम्म सुर्खेतमा सबै भन्दा धेरै आत्महत्याका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार लकडाउन सुरु भएदेखी हिजो (शनिबार) सम्ममा सुर्खेतमा २१ वटा आत्महत्याका घटना भएका छन् । यससँगै आत्महत्या दुरुत्साहनमा पनि एउटा घटना भएको प्रहरलिे जानकारी दिएको छ ।

यही २०७७ जेठ ३ गतेसम्म जिल्ला प्रहरी कार्यालय सुर्खेत लगायत मातहतसम्म दर्ता भएका मुद्धाहरुको संख्या विवरणलाई हेर्ने हो भने आत्महत्या पछि सामाजिक हिंसामा १२ र घरेलु हिंसाका १० वटा घटना दर्ता भएको जनाइएको छ ।

यसैगरि सार्बजनिक सुरक्षा बिरुद्धको कसुरमा ८, फुटकर ज्यान ३, लागुऔषध ब्राउन सुगर ३, जबरजस्तीकरणी ८, जबरजस्तीकरणी ऊधोग १, हातहतियार खरखजना १, सवारी भबितब्य ज्यान १, पानीमा डुबी भबितब्य २, पशुपन्छि सम्बन्धी १, बोक्सिको आरोप १, बेवारिसे ज्यान १, ज्यानमार्ने उद्योग १ र भबितब्य ज्यान सम्बन्धि १ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार महिला ३, बालक २ र बालिका ३ गरि जम्मा ८ जना हराएका तथा फेला परेका छन् ।

यस अवधिमा जिल्ला प्रहरी कार्यालयमा प्राप्त ठाडो उजुरी तर्फ ३५ उजुरी मध्ये २० वटा मिलापत्र भएका छन् भने बाँकी १५ छलफलको प्रकृयामा रहेका छन् ।