एकै दिन ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

सुर्खेत ।
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यता त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।


आज (सोमबार) एकै पटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *