Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

प्रमलाई उभिएर बोल्न अप्ठयाराे

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमै अप्ठ्यारो महसुस गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उभिन अप्ठ्यारो भयो भनेका थिए ।

दुई महिनाको अन्तरालमा एपेन्डिसाइटिस शल्यक्रिया र मिर्गौला प्रत्यारोपण गरेका ओलीले खुट्टामा समस्या भएको बताएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले महासचिवलाई रुलिङ गरेपछि मर्यादा पालकहरूले बसेर बोल्ने बन्दोबस्त मिलाइदिएका थिए ।
अहिले प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् ।