Loading... आजः १७ असार २०८२, मंगलवार । Tuesday 1st July 2025
ताजा खबर
  

प्रधानमन्त्रीको भारतसँग प्रश्न- सत्यमेव जयते कि सिंहमेव जयते ?

जेठ ६, २०७७ काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले भारतको राष्ट्रिय चिह्नको प्रसंग निकाल्दै भारतसँग सत्यमेव जयते कि सिंहमेव जयते भन्ने प्रश्न गरेका छन् ।
आफू सत्यको जितका पक्षमा रहेको स्पष्ट पार्दै ओलीले मंगलबार संसदमा भने, ‘भारतको राष्ट्रिय चिह्नमा चारतिर फर्केको सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखिएको छ ।’

प्रधानमन्त्री ओलीले सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्ने बताए । उनले भने,‘म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते’ प्रधानमन्त्रीले नेपाली भूमि अतिक्रमणको प्रसंगमा भारतसँग यस्तो जिज्ञासा राखेका हुन् ।