Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७७ र ७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

जेठ ६, २०७७ काठमाडौं ।

प्रतिनिधि सभाको बैठकले आर्थिक वर्ष २०७७ र ७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

गएको शुक्रबार राष्ट्रपतिद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम आजको संसद बैठकले बहुमतले पारित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् ।

दुर्गा पौडेल, मिलेन्द्र प्रसाद रिजाल लगायतले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भए पछि कार्यक्रम पास भएको थियो ।

संसदले राखेको जिज्ञासालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

संसदमा उठेका जिज्ञासामा छलफल भए पछि पक्ष र विपक्षमा मतदान हुदाँ बहुमतबाट पारित भएको थियो ।

संसद लक्ष्मण लाल कर्ण, प्रेम सुवाल लगायतले संसोधन प्रस्ताव राखेको थियो ।