Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

३ दशमलब ४ म्याग्निच्युडको भूकम्प धक्का

काठमाडाैं ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजे भूकम्प गएको हो। भक्तपुर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो। यो भूकम्प त्यति ठूलो नभएपनि सबैले सजकता अपनाउनु आवश्यक छ ।

अहिलेसम्म कसैले पनि भूकम्प कति बेला र कुन स्थानमा जान्छ भन्ने बारेमा बताउन सकेका छैनन् । त्यसैले भूकम्पबाट बच्नका लागि पूर्व सतर्कता अपनाउनु नै सबै भन्दा उत्तम उपाए हो । नेपालमा विशेष गरि भूकम्पको खतरा रहेको भूगर्वविदहरुले बताउँदै आएका छन् । १९९० तथा २०७२ मा नेपालमा विनाशकारी भूकम्पहरु आएका थिए । विश्वमा भूकम्पले धेरै नोक्सानी गर्ने गरेको छ ।