भारतिय मिडिया हावादारी र माफियाको सञ्जाल !

भानुभक्त अधिकारी

भारतिय मिडिया कस्तो छ भनेर जान्न एकपटक बलिउडकै चर्चित अभिनेता अमिर खानको सिनेमा ‘पिलली लाइभ’ हेरे पुग्छ । सिनेमामा अमरिले भारतिय मिडयाकै कारण एउटा गरिबले आत्महत्या गर्न बाध्य पार्ने सम्मको परिस्थिती श्रृजना गरेको कुरालाई देखाएका छन् । यो सिनेमा बास्तविकतामा टेकेर बनाएकाले निकै चर्चित पनि भयो । सत्य तथ्य भन्दा काल्पनिक कथा जोडेर अफवाह फैलाउने भारतिय मिडियाले पत्रकारिताको विश्वव्यापी आचारसंहितालाई सँधै लत्याउँदै आएको विश्वसामु प्रष्ट छ ।

भानुभक्त अधिकारी

यस्तो खालको अफवाह पैmलाउने भूमिका प्रथम र द्वितिय विश्वयुद्ध ताका पश्चिमा मिडियाहरुले खेल्दथे र तिनै मिडियाकै कारण विश्वमा ठुलो नरसंहार मच्चियो । भारतिय मिडियाले कहिल्यै पनि नेपालको सत्यतामा टेकेर समाचार संम्पे्रषण गरेन । बरु यसले बि.सं. २०७२ भुकम्पका बेला उद्धारका नाममा अफवाह फैलाए । त्यो बेला नेपालीले राम्रै संग चिने भारतिय मिडियालाई र ‘गो ब्याक इण्डियन मिडिया’ नारा नै लाग्यो ।

पत्रकारितामा सत्य तथ्य समाचार र आचारसंहिता के हो भन्ने सबक त्यसबेला नेपाली मिडियाले नै भारतियलाई सिकाएका थिए । अहिले भारतिय मिडिया सामाजिक सञ्जालको प्लेटफर्म प्रयोग गरी सत्य तथ्य भन्दा पनि जसरी हुन्छ बिज्ञापन र बजारिकरणमा टिआरपी (टार्गेट रेटिंग प्वाइन्ट) बढाउने होडमा छ । नेपालमा पनि भारतिय च्यानलका सस्क्राइबर छन् जसले गर्दा उनीहरुलाई नेपालमा अफवाह पैmलाउन अझ सजिलो भएको छ ।

भारतमा नेपालमा जस्तै त्याँहाको मिडिया निगरानी र नियमन गर्ने संस्था प्रेस काउन्सिल अफ इण्डिया छ तर त्यो टेलिभिजनका हकमा प्रभावकारी छैन । हिन्दी भाषामा मात्रै दैनिक १ हजार दैनिक पत्रिका प्रकाशन हुने भारतमा अभैm पनि टेलिभिजन ‘हट मिडिया’का रुपमा छ र पत्रिका ‘कुल मिडिया’ । अहिले शोसल मिडियाको प्रभावकारिता व्यापक देखिन थालेपछि त्याँहाका टेलिभिजन च्यानलहरु तिनै सोशल मिडियाको प्लेटर्पmम प्रयोग गरी मिडिया माफियातन्त्रको सञ्जाल बुनिरहेका छन् । विश्वमा मिडियाको एकछत्र राज गरिरहेका र ‘ग्लोबल मिडिया फ्लो’ का बिरुद्धमा पश्चिमा मिडियाहरुको सञ्जाल तोड्न भारतका यस्ता टेलिभिजन च्यानल, बलिउड, नाइजेरियाको नलिउड, ह¨क¨को स्टार च्यानल, ब्राजिलको टि.भी. ग्लोबो जस्ता मिडियाले माफियातन्त्रको आप्mनै जालो विश्वभरी फिँजाउन उद्दत छन् । त्यसको चंगुलमा नेपाली समाज पनि परिरहेको छ ।

विश्वका ठुला मिडिया माफियाहरु न्यूज क्रप, डिस्नी, हलिउड मूभि लगायतबाट बर्षौं सम्म दमित भारतिय मिडियाहरु आप्mनै माफिया सञ्चालन गरी नेपाल जस्ता साना देशमा अफवाह र भ्रम बेचिरहेका छन् ।

यसरी हेर्दा विश्वका ठुला मिडिया माफियाहरु न्यूज क्रप, डिस्नी, हलिउड मूभि लगायतबाट बर्षौं सम्म दमित भारतिय मिडियाहरु आप्mनै माफिया सञ्चालन गरी नेपाल जस्ता साना देशमा अफवाह र भ्रम बेचिरहेका छन् । नेपाली र साना देशका मिडियामाथि आप्mना कन्टेन्टहरु लाद्ने तथा बेचेर सञ्चाल बनाउने काम नै मिडिया माफियातन्त्र हो । त्यसैको परिणाम हो अहिलेको नेपाली भूमी अतिक्रमणबारे भारतिय मिडियाले पैmलाइरहेका अर्को भ्रम । यो भ्रमलाई चिर्न सवै नेपाली मिडियाहरु एकबद्ध भएर राष्ट्रबादको पक्षमा उभिनुको बिकल्प छैन । नेपालमाथि सन् १८१६ मा कार्यान्वयन भएको सुगौली सन्धी यता भएका भारतिय मिचाह र अतिक्रमण बिरुद्धका प्रत्यक घटनालाई नेपाली मिडियाले अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।

गत बैसाख २६ मा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक रोडको उद्घाटन गरेपछि भारतिय अतिक्रमण बिवाद चुलिएको छ । जवाफमा नेपालले बुधबार लिम्पियाधुरा पूर्वको आप्mनो भुभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको छ । यसले भारतिय मिडिया अत्तालिएको मात्रै छैन, चीनलाई मुछेर विश्वभर भ्रम छर्न खोजिरहेको छ ।

गत बैसाख २६ मा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक रोडको उद्घाटन गरेपछि भारतिय अतिक्रमण बिवाद चुलिएको छ । जवाफमा नेपालले बुधबार लिम्पियाधुरा पूर्वको आप्mनो भुभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको छ । यसले भारतिय मिडिया अत्तालिएको मात्रै छैन, चीनलाई मुछेर विश्वभर भ्रम छर्न खोजिरहेको छ ।

नेपालका लागि पूर्व भारतिय राजदुत के.भि राजनले समेत यसलाई बार्ताबाट समाधान गर्ने अभिव्यक्ति दिइरहेका बेला भारतिय मिडियाहरु आचारसंहिता बिपरित भ्रम र अफवाह छरिरहेका हुन् जसलाई नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अन्तवार्तामैं सबक सिकाए भने पत्रकार रबि लामिछानेले पनि आप्mनो अन्तवार्तामार्पmत धेरै कुरा स्पष्ट पारे । राजन नेपाल र भारतबिच महाकाली सन्धी गर्दा ताकाका नेपालका लागि राजदुत हुन् । उनी मात्रै होइन, पूर्व राजदुतहरु मञ्जिभसिंह पुरी, रञ्जित राय लगायतले पनि बार्ताबाटै यो समस्या समाधान गर्न भारत तयार रहेको बताएकाछन् ।

सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए । कुमाउ युद्धमा आफ्ना सैनिकले गौर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा स्पष्टसँग सीमा किटान गरिएको छ । त्यो बेहोरा सहित उक्त पत्र लेखिएको झण्डै १० महिनापछि नेपाल र इस्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो, जसको पाँचौ बुँदामा नेपालका राजाहरूले काली नदी पश्चिमको भूभागलाई आफ्नो भनेर दाबी नगर्ने उल्लेख छ । यस्तो ’गोप्य पत्र’ सहित अन्य नेपाल–अँग्रेज युद्धका दस्तावेजहरू सन् १८२४ मा प्रकाशित ’पेपर्स रेसपेक्टिङ् द नेपाल वार’ नामक पुस्तकमा सङ्ग्रह गरिएका छन् । नेपाल संग यी र यस्तै यावत प्रमाणहरु साँचि छन् । भारतले गत नोभेम्बर ८ मा नक्शा परिर्वन गरी कालिनदीलाई मेटाएर प्रमाण नष्ट गर्ने दुश्प्रयास गरेको छ । तर्सथ, अव नेपालले सत्यको जितका लागि भारतलाई घुँडा टेकाउने बेला आएको छ ।

यस्तो राष्ट्रबाद मिडियामा मात्रै होइन, सरकार चलाइरहेका सत्ताधारी र प्रतिपक्षी दल लगायत सवै नेपालीमा देखिनुपर्दछ । पछिल्लो समय सीमा बिबादको समाचार आएपछि मात्र सरकारी खल्तीबाट खसेको राष्ट्रबादको झुण्ड र तिनले नेपाली मिडियालाई गरेको ब्यवहारलाई नेपाली मिडियाले अंगाल्न सक्दैन ।

अर्को तिर यस्तो राष्ट्रबाद मिडियामा मात्रै होइन, सरकार चलाइरहेका सत्ताधारी र प्रतिपक्षी दल लगायत सवै नेपालीमा देखिनुपर्दछ । पछिल्लो समय सीमा बिबादको समाचार आएपछि मात्र सरकारी खल्तीबाट खसेको राष्ट्रबादको झुण्ड र तिनले नेपाली मिडियालाई गरेको ब्यवहारलाई नेपाली मिडियाले अंगाल्न सक्दैन । नेपाली मिडियामाथी जतिखेर पनि आक्रोष बमन गर्ने स्वयं प्रधानमन्त्री, उनका प्रेस सल्लाहकार, भूमीसुधार मन्त्री लगायतका केही मन्त्री तथा सांसदरुले सत्ता थाम्ने नाममा जे पायो त्यही मिडियामाथि बर्बराउने काम बन्द होस् ।
केही समय अघि नक्शा त जतिखेर पनि छापाखानाबाट छाप्न सकिन्छ भन्ने प्रधानमन्त्री, पुर्खाको रगतले कोरेको सिमारेखा पनि नबुझेर जे पायो त्यही बोल्ने भूमीसुधार मन्त्री र ती बर्खास्त पूर्व सञ्चारमन्त्रीलाई राष्ट्रबाद मिडियाले सिकाइदिने त होइन होला । साँच्चिकै राष्ट्रबाद जुन अहिले सरकारले देखाएको छ त्यसप्रति सरकार, जनता र मिडियाकर्मीले सँधै देखाउनुपर्दछ ।

नेपाली मिडिया भारतिय टिभी च्यानल जस्तो छाडा छैन बरु यो उत्तरदायी र पत्रकार आचारसंहिता तथा यसको विश्वव्यापी सिद्धान्तलाई मानेर लेख्छ/ बोल्छ भन्ने कुराको ख्याल पनि गर्नुपर्दछ । निश्चित रुपमा नेपाली मिडियाका आप्mनै समस्या र कठिनाई तथा सुधार्नुपर्ने धेरै कुरा होलान । तथापी, अहिलेको सीमा बिबादलाई अन्तर्राष्ट्रियकरण गरी नेपालीको सार्वभौमिकता रक्षा गर्न र भारतलाई तँ गलत छस् भनेर प्रमाणित गरिदिन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नै पर्दछ ।

नेपाली मिडिया भारतिय टिभी च्यानल जस्तो छाडा छैन बरु यो उत्तरदायी र पत्रकार आचारसंहिता तथा यसको विश्वव्यापी सिद्धान्तलाई मानेर लेख्छ/ बोल्छ भन्ने कुराको ख्याल पनि गर्नुपर्दछ । निश्चित रुपमा नेपाली मिडियाका आप्mनै समस्या र कठिनाई तथा सुधार्नुपर्ने धेरै कुरा होलान । तथापी, अहिलेको सीमा बिबादलाई अन्तर्राष्ट्रियकरण गरी नेपालीको सार्वभौमिकता रक्षा गर्न र भारतलाई तँ गलत छस् भनेर प्रमाणित गरिदिन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नै पर्दछ । अहिले नेपाली मिडियाप्रति देखिएको जनआक्रोश पनि यसैको परिणाम हो ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय पत्रकारिता र आमसञ्चार विषयका उप प्राध्यापक हुन् ।)

होष्ट खवरडटकमबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *