Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा काेभिड-१९ काे संक्रमितकाे संख्या ११, देशभर ६७५ पुग्याे

१२ जेठ, सुर्खेत ।

विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरसक (कोभिड(१९)को कर्णालीमा थप ७ जनामा संक्रमण भएको पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले प्रेस विज्ञप्ती जारी गर्दै कर्णालीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमित भएको पुष्टी गरेको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या ११ पुगेको छ ।

नयाँ संक्रमितहरु दैलेख जिल्लाको नारायण नगरपालिकाका १५ र १८ बर्षका पुरुष, डुङ्गेश्वर गाँउपालिकाका २५, २७ र २९ बर्षका पुरुष त्यस्तै गुराँस गाँउपालिकाका २४ र ३५ बर्षका पुरुष रहेको मन्त्रालयले जनाएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ६५ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा २७ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा परिक्षण गर्दा २१ जनामा कोरोनाको संक्रमण भएको हो ।