Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

लकडाउनले पनि छेकेन सहयोगी मनलाई

सुर्खेत ।
हाल अमेरिकामा बस्दै आएकी जयन्ती थापा समाजसेवीको रुपमा चिनिन्छन् । उनले विभिन्न क्षेत्रमा विभिन्न अवसर तथा परिस्थितिमा समाजसेवा गर्दै आइरहेकी छन् । विशेष गरि दुःखमा परेकाहरु असहाय तथा असक्तहरुलाई सहयोग गर्ने जयन्ती थापाले आफ्नो छोराको जन्मदिनको अवसरमा सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रममा खाद्यन्न सामाग्री सहयोग गरेकी छन् ।


कोरोना भाइरसका कारण गतवर्षहरु झैँ विशेष कार्यक्रमको आयोजना हुन नसकेपनि छोरा जेसन चन्दको जन्मदिनको अवसरमा रु. २० हजार बराबरको चामल, दाल, आलु, तेल, साबुन, चिनी, चियापत्ति लगायतका सामग्रीहरु सहयोग गरेकी छन् । जयन्ती बुबा धर्मजंग थापा र आमा पार्वती थापाले उक्त वृद्धाश्रममा उक्त सामग्री हस्तान्तरण गरेका थिए । कोरोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि आगामी दिनमा पनि यस्ता सहयोग तथा सेवा निरन्तर गरिरहने जयन्तीको भनाई छ ।


अनाथ बालबालिका लगायत बाढिपीडित, आगलागी पीडितहरुलाई बारम्बार सहयोग गर्दै आएकी जयन्ती अमेरिकामा बसेर पनि नेपालमा विभिन्न स्थानमा सहयोग गर्दै आएकी छन् । उनको समाजसेवाको चौतर्फी तारिफ भइरहेको छ ।

उनका छोरो सुजन ८ वर्ष पूरा गरि ९ वर्षमा प्रवेश गरेका छन् । उनलाई हाम्रो तर्फबाट पनि शुभकामना ।