एक वर्ष बैठक भत्ता नलिने नारायणकाजी श्रेष्ठको घोषणा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नदिने घोषणा गरेका छन् ।

नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।
आफूले एक वर्षसम्म राष्टियसभा र समिति बैटक भत्ता नलिने घोषणा गर्दै नेता श्रेष्ठले यसबारे सोच्न संघ र प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । उनले कम्तिमा आगामी वर्षका लागि सांसद विकास कोष खारेज गरेर यो रकम रोजगारी केन्द्रित राष्टिय योजनामा लगाउन समेत माग गरेका छन् ।
अनलाइन खबर






