लकडाउनमा युवा क्लबको स्रहानीय कार्य
के. आचार्य / नुवाकोट
कडाउनको समयलाई पनि सकारात्मक र सिर्जनशीलतातिर लैजान सकिन्छ भन्ने कुरालाई दुप्चेश्वर युवा क्लबले प्रमाणित गरेको छ । लकडाउनको समयमा यसको पालना गर्दै समाज परिवर्तनका लागि पनि केही गर्न सकिन्छ भन्ने उहादरणीय कार्य गर्न क्लब सफल भएको छ । दुप्चेश्वर गाउँपालिका वडा ६ दुप्चेश्वर मन्दिर, शिखरबेशी हुँदै ध्याङ्फेदी जाने मोटर बाटो रामती बजार नजिकै डुडेखोला स्थित अत्यन्तै दयनीय अवस्थामा रहेको मोटर बाटोसमेत गरि लगभग ३० मिटर बाटो श्री दुप्चेश्वर युवा क्लबले सोलिङ गरेको छ ।
सो बाटो ठाडो भएकै कारण प्रत्येक वर्ष बर्षातको समयमा स्थानीयहरुले निकै सास्ती खेप्नु परेको थियो । स्थानीय सरकारको समेत खासै ध्यान नपुगेकोले सडक मर्मतका लागि आफै खट्नु परेको क्लबका पदाधिकारीहरुले बताएका छन् । लकडाउनको समयलाई यसरी सकारात्मक कार्यमा लगानी गरेर गाउँको विकास तर्फ ध्यान दिएकोमा स्थानीयहरुले क्लबलाई धन्यवाद दिएका छन् ।











