एकै दिनमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत |
नेपालमा पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार (आज) थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना उपचार पछि निको हुनेहरुको संख्यामा समेत बृद्धि भएको छ । आजसम्म २ सय २० जना निको भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट विश्वमा ६१ लाख ८३ हजार ५ सय ५९ संक्रमित रहेका छन् भने यो समाचार तयार पार्दा सम्म ३ लाख ७१ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमित भएर निको हुनेको संख्या २७ लाख ५३ हजार ९ सय १८ रहेको छ ।






