Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कर्णालीमा एकैदिन १ सय १४ जनामा कोरोना पुष्टि

सुर्खेत ।
कर्णालीमा एकैदिन १ सय ६ जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा एकै दिन १०५ जना र मुगुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय ५ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कर्णालीमा कोरोना संक्रमणको संख्या ३ सय ८९ पुगेको छ ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ६९ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ । मुगुका संक्रमित खत्याडका पुरुष हुन् । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमितको संख्या तिब्रगतिमा बढिरहेको छ ।