Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

सुर्खेतमा लकडाउनको पालना शुन्य

सुर्खेत ।
पछिल्लो समय कर्णालीमा कोरोनाको संक्रमण बढिरहेको छ । कर्णालीमा कोरोना संक्रमण नभएको समयमा निकै कडाइका साथ लागु भएको लकडाउन कोरोना संक्रमण बढ्न थालेसँगै खुला हुँदै जानुले आम नागरिकलाई त्रसित बनाइरहेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा अहिले खुला रुपमा अटो, मोटरसाइकल तथा साना सवारी साधन र पैदल यात्रीहरु हिडिरहेका छन् । कतिपयले त सामन्य माक्सको समेत प्रयोग गरेका छैनन् । यसले गर्दा कोरोनाको जोखिम अझैँ धेरै रहेको छ ।

एकातिर असारे विकासले तिब्र गतिले समय र अर्कोतिर खेतीपाती लगाउने समय भएकोले कोही खेतबारीमा जाने बहानामा त कोही विकास निर्माणका कार्य गर्ने बहानामा खुला रुपमा हिड्नुले कर्णालीलाई कोरोनाबाट बचाउन निकै कसरत गर्नु पर्ने देखिन्छ ।

लकडाउनको सुरुवातीका दिनहरुमा पैदल हिड्ने नागरिकलाई भाटा बर्साउने प्रहरी प्रशासन पनि मुकदर्शक बनेको छ । अटो चालकहरुले खुला रुपमा मान्छे कोचाकोच गरि ओसार पसार गरिरहेका छन् तर प्रशासनले केही गर्न सकेको छैन । कोरोनाको जोखिम कम गर्ने एक मात्र उपाय लकडाउन भएको बताउँदै आएको प्रशासनले सुर्खेतको फितलो लकडाउनमा आँखा पु¥याउन नसक्नु र यसलाई नियन्त्रण गर्न नसक्नु भोलिको लागि दुर्भाग्य हुन सक्छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्त भने लकडाउनको पालना गर्न गराउनका लागि प्रहरी लागिपरेको बताउँछन् । प्रदेश बाहिरबाट आएका मान्छेहरुका कारण भीडभाड देखिएको र अर्कोतिर लकडाउनको समय लामो भइसकेकोले पनि मान्छे आत्तिएको उनको भनाई छ । तर पनि सरकारको नियम कानूनलाई पालना गराउन प्रहरी सक्रिय रहेको छ एसपी पन्तले भने ।
यता नेपाल सरकारले भरखरै मात्र प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सुर्खेतकै स्थानयि वासिन्दा हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा (हिजो) आइतबारदेखि कार्यालयमा आएका छन् । उनका सामु जिल्लाको शान्ति सुरक्षादेखि कोरोनाको महामारी नियन्त्रणसम्मका चुनौतिहरु छन् । उनले सुर्खेतमा कसरी प्रशासनको संचालन गर्छन र स्थानीय, प्रदेश तथा संघीय सरकारका बीचमा समन्वय गर्छन त्यो भने हेर्न बाँकी नै छ ।

आइतबार मात्र हाजिर भएका प्रमुख जिल्ला अधिकारी रेग्मीले सुर्खेतमा लकडाउन फितलो भएको स्वीकार गरेका छन् । आफू भरखरै मात्र सुर्खेत आइपुगेकोले लकडाउनलाई कडाइका साथ पालना गर्ने गराउने उनको भनाई छ ।

सोझा र कमजोर नागरिक तथा दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि मात्र लकडाउन हुने तर पहुँच र शक्तिमा बसेकाहरुका लागि लकडाउन नहुने हो भने तिब्र गतिमा बढिरहेको कोरोनाको संक्रमणले शक्ति, बल र पैसा केही देख्ने छैन । यसले भयावह अवस्थाको सिर्जना गर्न सक्नेभएकोले यस तर्फ सबै सचेत हुन जरुरी छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा ३ हजार ४ सय ३८ जना संक्रमित भइसकेका छन् भने कोरोनाका कारण १३ जनाको ज्यान गइसकेको छ । ४ सय ६७ जना भने निको भएका छन् ।