अछाममा अस्पतालबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास
अछाम ।
अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए ।
जागिरबाट उनलाई के कति कारणले निकाय भन्ने बारेमा अहिलेसम्म कुनै कुरा बाहिर आएको छैन । देश लकडाउनमा भएको समयमा दैनिक ज्याला मजदुरी गर्नेहरुदेखि व्यापार व्यावसाय समेत समस्यामा परेका छन् भने यस्तो अवस्थामा उनलाई जागिरबाट निकाल्नु उचित थियो थिएन त्यो त अनुसन्धानको विषय होला । तर उनले पनि आत्मदाहको प्रयास गर्नु हुँदैनथ्यो ।






