Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णालीमा काेभिड-१९ संक्रमित हुनेकाे संख्या ७०८ पुग्यो

सुर्खेत ।

कर्णाली प्रदेशमा आज (बुधबार) थप ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्ठी भएको छ । बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना भाइरसको संक्रमण पुष्ठी भएको जनाइएको छ ।

मंलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको थियो । बुधबार ३७ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको हो ।
कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढिरहेको छ ।
आज बुधबार मात्र सुर्खेतका ९ जना, दैलेखका २५ जना र जाजरकोटका ३ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

३७ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।