Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

कर्णालीमा थप ५५ जनामा काेभिड-१९ पुष्टी, संक्रमितकाे संख्या ७६३ पुग्याे

सुर्खेत ।

कर्णाली प्रदेशमा आज ५५ जनामा थप कोभिड–१९ को संक्रमण पुष्ठी भएको छ ।

बिहीबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोभिड–१९ थपिएको जनाइएको छ ।

बिहीबार ५५ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

बिहीबार मात्र सुर्खेतका ६ जना, दैलेखका ४८ जना र सुर्खेतको चिङ्गाड गाउँपालिका १ मा बस्दै आएका काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका २ का १ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

५५ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।