Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

सुनको मूल्य उस्कने क्रम जारी, ताेलामा करिव नब्बे हजार

सुर्खेत ।

सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । आज मात्र बजारमा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा हजारले बढेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९ सय ५० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।