Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडाैं ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका छन् ।

हिजो प्रतिनिधि सभाबाट पारित भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि पारित गरि राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि मात्र लागु हुनेछ । राष्ट्रिय सभामा समेत यस बारेमा केही छलफल हुनेछ । राष्ट्रिय सभाका सदस्यहरुले पनि एकताका साथ सबै दलहरुको साथमा यसलाई पारित गर्ने निश्चित जस्तै छ ।
प्रतिनिधि सभाबाट संविधान संशोधनको प्रस्ताव पारित भएपछि देश भर हिजो दिपावली समेत गरिएको थियो । प्रतिनिधि सभामा संविधान संशोधनको पक्षमा दुई तिहाइ बढि मत परेको थियो ।

यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका छन्।