Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

रुकुम घटनामा मृतकका परिवारलाई १ लाख राहत

सुर्खेत ।
असार १ गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेश निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने, रुकुम घटनाका ६ जना मृतकका प्रतिपरिवार लाइ एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने, स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि कानुनमा संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेश गर्न स्वीकृति दिने र भौतिक पुर्वाधार विकास कार्यालयको कार्यालय प्रमुख पदमा योग्यता पुगेका इञ्जिनियरिङ्ग सेवा र सिभिल समुह अन्तर्गतका जुनसुकै उपसमुहका कर्मचारी जान पाउने गरि उपसमुह खुल्ला गर्ने निर्णय गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता बिमला केसीले बताउनु भयो ।

कर्णाली प्रदेश सरकारले गर्ने निर्णयहरु ढिलो गरि सार्वजनिक हुने गरेका छन् । यही असार १ गते बसेको मन्त्रीपरिषदले गरेका निर्णयहरु शुक्रबार (५ गते) मात्र सार्वजनिक भए । के कारणले मन्त्रीपरिषदका निर्णयहरु ढिलो गरि सार्वजनिक हुन्छन् त्यो भने आश्चर्यकै विषय बनेको छ ।