Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

ॐ उचारण गर्दा निको हुन्छन् यी रोग

कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ । ॐको उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । हिन्दु धर्ममा ॐ लाई महामन्त्र मानिन्छ ।

ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै बिरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

१। थाइराइड : हरेक दिन ॐ को उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२। एन्जाइटी : ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।

३। स्ट्रेस वा टेन्सन : ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।

४। ब्लड सर्कुलेसन : ॐको उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।

५। स्वस्थ मुटु : दैनिक यसको जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।

६। डाइजेशन : ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।