Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सुनको भाउ तोलामै ९० हजार नाघ्यो

७ असार, काठमाडौं ।

नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।

आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारकालागि महासंघले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको हो ।