Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३०७

सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने  एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।

यस्तै, म‌ंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

मंगलबार नै कर्णालीका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।

यसैगरी सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।

वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।

उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए ।

मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।

थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक/एकजनाको मृत्यु भइसकेको छ।