Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

कोरोना बैठक र विवाह जुधेपछि प्रधानमन्त्रीको विवाह स्थगित

एजेन्सी

डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनले कोभिड–१९ बारे बैठकमा उपस्थित हुन आफ्नो विवाह नै स्थगित गरेकी छन् ।

यूरोपियन काउन्सिलको बैठक आगामी महिनामा तय गरिएको छ । तर सोही मितिमा उनको विवाह जुधेपछि उनले विवाह नै स्थगित गरिन् । जुलाइ १७ को दिन यूरोपियन यूनियनका नेताहरुबीच कोभिड–१९ महामारीपछि पहिलो पटक बैठक तय भएको थियो ।

यूरोपियन बजेट र कोभिड १९ संकटबाट निस्कने उपायबारे छलफल गर्न तय भएको उक्त बैठकअघि नै प्रधानमन्त्री फ्रेडरिक्सनको विवाह पनि तय भएको थियो ।तर प्रधानमन्त्रीले आफू विवाहको पर्खाइमा रहेको तर ब्रसेल्सको काउन्सिल बैठकका कारण विवाह स्थगित गर्नु परेको जानकारी दिएकी हुन् । आफूले आफ्नो पेशागत जिम्मेवारी पहिले पूरा गर्नुपर्ने पनि उनको भनाइ छ ।

फ्रेडरिक्सन र उनका प्रेमी बो तेन्बर्गबीच विवाहको तयारी भएको हो । डेनमार्कमा कोरोनाभाइरसका कारण ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । तर १२ हजार भन्दा धेरैको उपचार भइसकेको छ । ४१ वर्षीया फ्रेडरिक्सन डेनमार्कमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् ।