Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कोरोनाको लडाई अझै सकिएको छैन, नथाकेरै लडौं : मुख्यमन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिएका छन्। सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा वसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको वैठकलाई सम्वोधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपुर्वक उत्रनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री शाहीले भारतवाट प्रदेश भित्रिने चाप घटदोक्रममा रहेको वताउदै अव समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने वताए । कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने वताउदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिए।

सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी वनाउनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन गरे ।

मुख्यमन्त्री शाहीले परिक्षणमा निकै ढीलासुस्ती भएको वताउदै परिक्षण कार्यलाई तिव्र वनाउनुपर्नेमा जोड दिए । परिक्षणको लागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश वढेको वताउदै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने वताए।

प्रदेश अस्पत्तालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन गर्दै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर वस्ने होईन विकल्पको खोजी गर्नुपर्नेमा जोड गरे ।

मुख्यमन्त्री शाहीले भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने वताए । उनले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने वताए ।

जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो वनाउदै लगिने उनको भनाई छ ।