आउँदो आइतबारदेखि प्रदेश अस्पतालको ओ.पि.डी. सेवा सञ्चालनमा आउने
सुर्खेत ।
कोभिड–१९ को उच्च जोखिम रहेको भन्दै अनिश्चितकालका लागि बन्द गरिएको प्रदेश अस्पताल सुर्खेतको ओ.पि.डी. सेवा आउँदो आइतबारदेखि सञ्चालनमा ल्याउने जनाइएको छ ।
प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड–१९को संक्रमण देखा परेपछि अस्पतालले अनिश्चतकालिन आफ्ना इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेका थियो ।
आज प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले एक सुचना निकाल्दै अस्पतालबाट प्रदान गर्दै आएको ओ.पि.डी. सेवा केही समयका लागि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएकोमा आउँदो आइतबारदेखि पुःन बन्द गरिएका सेवा सञ्चालन गर्ने जानकारी दिए ।







