Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

भीरबाट खसेर एक युवकको ज्यान गयाे

टेकराज भण्डारी, असार १९, अछाम ।

अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो । बिहान घाँस काट्न गएको बेला उनको घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।

उनकी श्रीमतिको पनि गत बर्ष भीरबाट खसेरै ज्यान गएको छ । लोकेन्द्र खसेको भन्दा केही तलको भीरबाट खसेर उनकी श्रीमतीको ज्यान गएको थियो ।

आमाबुवा दुबैको भीरबाट खसेर ज्यान गएपछि उनको ५ जना नाबालक छोराछोरीको बिचल्ली भएको छ । १ छोरा र ४ छोरी रहेका उनको एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ । उनको अवस्था पनि निकै कमजोर रहेको उनका आफन्त डम्बर रोकायाले बताउनु भयो ।