Loading... आजः २६ कार्तिक २०८३, बुधबार । Wednesday 11th November 2026

नेकपाका दुबै अध्यक्ष आ-आफ्नै अडानमा

काठमाडौँ |

उच्च स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षवीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए । मंसिर ४ को सहमति भनेको प्रधानमन्त्री केपी ओलीले चलाउने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले चलाउने भन्ने हो ।

तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेको स्रोतले बतायो । प्रचण्डले अब त्यो परिस्थितिबाट पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले त्याग देखाउनुपर्ने बताएका थिए ।

छलफलको अन्तिममा प्रधानमन्त्री ओलीले भोलि स्थायी कमिटी बैठकअघि एकचोटि फेरि छलफल गरौं भनेर समय मागेको स्रोतले बतायो ।

शीर्षनेताहरुको विवादका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ता भइरहेका बेला दुई अध्यक्षवीचको छलफलपछि नेताहरुले पार्टी चाहिँ नफुट्ने दाबी गरेका छन् ।