आज अन्तर्राष्ट्रिय सहकारी दिवस
सुर्खेत |
आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदै छ । सन १८९५ मा अन्तर्राष्ट्रिय सहकारी महासंघ गठन भएको थियो । युनाइटेड मिसनले पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालेपछि विश्वभर महत्वका साथ जुलाई पहिलो शनिबार विशेष कार्यक्रम गरी मनाइने गरिन्छ ।
नेपालमा सहकारी स्थापना
नेपालमा अनौपचिारिक रुपमा प्राचीनकालदेखि नै नेपालमा गुठी, धर्मभकारी, मङकाखलः, पर्म आदि नामबाट सहकार्यको शुरुआत भएको पाइन्छ तर औपचारिक रुपमा सहकारीको शुरुवात भने २०१३ सालमा भएको हो । २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभाग स्थापना भयो । सहकारी विभाग स्थापना भएपछि सहकारी खुल्न थालेको हो ।
२०१३ सालमा चितवनमा स्थापना भएको बखान ऋण समिति नै मुलुकको पहिलो मानिन्छ । बखान ऋण समिति खुलेपछि चितवनमा बाढीपीडित कृषकहरुलाई पुनरवास गराउने र कृषि ऋणको व्यवस्था गरी राहत उपलब्ध गराउने उद्देश्यले राप्तीदून विकास परियोजना अन्तर्गत विभिन्न समूह स्थापना गरियो । त्यसपछि काभ्रेमा पनि सहकारी खोलियो । लगत्तै मुलुकको विभिन्न स्थानमा सहकारी स्थापना भए । अहिलेसम्म मुलुकको सबै जिल्लामा सहकारी खुलिसकेको छ ।
मुलुकको विभिन्न ठाउँमा सहकारी खुलेपछि त्यसलाई व्यवस्थित गर्न २०१६ सालमा सहकारी संस्था ऐन लागू भयो । २०१८ मा सहकारी नियम पनि जारी भयो । बहुदलीय व्यवस्था आएपछि २०४८ मा साझा केन्द्रिय कार्यसमिति विघटन तथा साझा संस्था ऐन २०४१ खारेज गरी सहकारी ऐन २०४८ जारी भयो । त्यसपछि मुलुकमा सहकारी दर्ता र त्यसको अनुगमन सहकारी विभागले गर्दै आएको छ । मुलुक संघीय संरचना गएपछि भने सहकारीलाई व्यवस्थित गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिइएको छ ।
विश्वमा सहकारीको शुरुवात
सहकारीको शुरुवात वेलायतबाट भएको हो । सन् १८४४ को डिसेम्वर २१ मा वेलायतको म्यानचेष्टर सिटीबाट सहकारी शुरु गरिएको हो । रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामको उपभोक्ता पसल खोलिएको थियो । त्यसैलाई विश्वको पहिलो सहकारी मानिन्छ । सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उदेश्यले रोचडेल इक्विटेवल पायोनियर सोसाइटी खोलिएको थियो ।






