Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

मनसुन सक्रिय, हल्कादेखि मध्यम वर्षा हुनसक्ने

काठमाडाैं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा मनसुनी गतिविधि बढ्ने छ। अर्थात सात वटै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार पनि धेरैजसो स्थानमा वर्षा भएको छ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिबार​

रातीः देशभर साधारणतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ को धेरै स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

आइतबार

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशको सबै प्रदेशमा साधारणतया बदली रही प्रदेश १, प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सोमबार

दिउँसोः देशभर अधिकांश बदली रहनेछ। प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभर साधारणतया बदली रहनेछ। प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेश का थोरै स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमती प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।