Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सरकारले हामीलाई दुष्मनका रुपमा हेर्यो : प्रतिपक्ष

सुर्खेत ।
कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले प्रदेश सरकारले प्रतिपक्षलाई दुष्मनका रुपमा हेरेको बताउनु भएको छ । शनिबार प्रमुख प्रतिपक्ष बिनै प्रदेश सभा संचालन भएको प्रसंगमा बोल्दै नेता शाहीले भन्नुभयो, ‘सभामुख कुनै पार्टीको प्रतिनिधि हुन नसक्दैन । सभामुखले त समानता र न्यायको लागि पहल गर्नुपर्ने हुन्छ तर प्रमुख प्रतिपक्ष बिनै सदन संचालन गरेर हामीलाई दुष्मनका हेरियो ।’

प्रतिपक्षलाई शुन्यमा झारेर सभा संचालन गर्दा दीर्घकालिन रुपमा के असर पर्छ भन्ने बारेमा सरकार र सत्ता पक्षले किन सोच्न नसकेको ?’ नेता शाहीले प्रश्न गर्नुभयो । प्रतिपक्ष जहिले पनि नीति बनाउन चाहान्छ तर त्यसका लागि उठाइएका आवाजहरु सुन्ने कान नभएको प्रदेश सरकारले हिजोदेखि देख्ने आँखा समेत गुमायो’ नेता शाहीले भन्नुभयो । प्रदेश सभा भनेको वडा जस्तो नठानियोस् भन्दै सरकार लाचार बनेको, विनियोजन विद्येयकको मर्म र भावना अनुसार राता किताबहरु ल्याउनु पर्नेमा सरकारले हाम्रो भावना माथि आँच पु¥याउने काम गरेको उहाँको भनाई थियो ।

यतिबेला कर्णाली प्रदेश सरकार गतिछाडा ढंगले अगाडि बढिरहेको शाहीले बताउनु भयो । के हामीलाई संख्यात्मक रुपमा थोरै देखेर हेपिएको हो ? महाभारतको युद्धमा पाँच पाण्डव र एक द्रौपदी गरेर ६ जना थिए । कर्णाली प्रदेशमा पनि काँग्रेसका सदस्यहरु ६ जना छन् । तर कौरवहरुको कस्तो हार भएको थियो भन्ने व्यङ्ग्य गर्दै नेता शाहीले भन्नुभयो, ‘सरकारलाई सही बाटोमा हिडाउनका लागि हामीले गरेका कार्यहरु मन नपरेका होलान् तर जनताको हक, अधिकार र न्यायको लागि हामी कहिल्यै पनि नआत्तिएर उत्तरदायि रुपमा अगाडि बढ्छौ ।’

हामीले दिएका सुझावहरु कार्यान्वयन नगर्ने अनि हामीलाई पाखा लगाएर अगाडि जाने सोचिएको छ त्यो दिवास्वप्ना हुने बताउँदै शाहीले हाम्रा माग पूरा नभए फेरि बैठक अवरोध हुने बताउनु भयो । कर्णाली प्रदेश सभाले शनिबारको बैठक प्रमुख प्रतिपक्ष बिनै संचालन गरेको थियो ।