Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

नगरसभाको बजेटमा कार्यपालिका सदस्य कै असन्तुष्टि

सुर्खेत ।
पञ्चपुरी नगरपालिकाको सातौ नगरसभाको बजेटमा कार्यापालिका सदस्यले नै असन्तुष्टि जनाएका छन । नगरपालिकाले बिनियोजन गरेको बजेटको छलफल कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष धनबहादुर थापाले नगरवाट बिनियोजन गरिएको नगरस्तरिय योजनामा आफ्नो वडालाई बजेट नदिएकोमा तिब्र असन्तुष्टि जनाएका हुन् ।


आफ्नो वडामा अझैपनि माटोले लिपेको बिद्यालय भएको र वडामा भएका विद्यालयले कम्प्युटर नै नदेखेको तितो सत्य सुनाए । त्यसैगरी नगरकार्यपालिका सदस्य तथा वडा १० का वडा सदस्य गणेश शाहीले नगरपालिकाको बैठकमा नगर सदस्यकै कुरा सुनुवाइ नहुने र आफ्नै तरिकाबाट काम हुने गरेको र लक्षित वर्गको बजेटमा सबैलाई समेट्न आग्रह गरेकी छन ।

त्यस्तै वडा नं १० का अर्का वडा सदस्य बेदराज भण्डारीले नगरदेखि वडास्तरमा बजेट सबै टोलमा समान हैसियत (दामासायी) का दरले बजेट बिनियोजन गरिदा विकास समान रुपमा हुन नसक्ने बताए । वडा नं ७ का वडा सदस्य तुलबहादुर सहकारीले जाति र व्यक्ति बिशेषको मन्दिर निर्माणमा बजेट छुट्टाउन नहुने बताए ।

अपांगता भएका व्यक्तिका लागि नगरबाट १ लाख बजेट बिनियोजनले एउटा बैशाखी सम्म किन्न नसकिने उनी बताउछन् । छाउपडि प्रथा अन्त्य गर्नका लागि नगरपालिकाले बजेट ब्यवस्थापन नगरेको कारण नै छाउपडि प्रथा अन्त्य नहुने वडा सदस्य कमल बयक बताउछन् ।
नगरसभामा धेरैजसो सदस्यहरुले वडा अध्यक्षहरुले आफ्नो समुदाय क्षेत्रमा मात्रै बजेटको प्राथमिकता दिएको आरोप लगाएका छन ।

यता नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले नगरस्तरीय योजनामा नसमेटिएका वडाहरुमा वडा अध्यक्षहरु संग छलफल गरेर समपुरक कोषको बजेबाट सम्बोधन गरिने बताए । नगरपालिकाले यस बर्ष बाँकी रहेका योजनाहरुलाई आर्थिक बर्ष २०७७÷०७८ मा निरन्तरता दिने जनाएको छ ।

अमर कार्कीको सहयोगमा