Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

विरामी चन्द्र राजीलाई जयन्तीको सहयोग

सुर्खेत ।
ओस्टेओेमाईटिस रोगले पीडित पञ्चपुरी नगरपालिकाका १५ वर्षीय बालक चन्द्र राजीलाई अमेरिमा बस्दै आएकी जयन्ती थापाले आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको जानकारी पाएपछि उहाँले नगद रु १० हजार सहयोग गर्नुभएको हो । दीनदुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएकी मनकारी समाजसेवी जयन्तीले विरामी राजीको सिध्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।


पछिल्लो समय राजीको उपचारको लागि सहयोग जुट्दै गइरहेको छ । प्रदेश अस्पतालले सबै खर्च ब्यहोर्ने भएपनि बाहिरबाट किन्नु पर्ने औषधी तथा अन्य सामग्रीहरुका लागि २ लाख भन्दा बढी खर्च लाग्ने भएकाले उपचारमा समस्या भएको हो । चन्द्र राजी ओस्टेओेमाईटिस अर्थात हड्डी पाक्ने रोगसंग लडिरहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करिब २ हप्तादेखि दुबै खुट्टा पाकेको कारण उनको आइसीयुमा उपचार भैरहेको छ ।

 

राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विरामीको उपचारको लागी आर्थिक सहयोगका लागि सबैसंग अपिल गरेका छन् । सहयोगी मन व्यापारी, संघसस्था र विभिन्न निकायहरुले तथा व्यक्तीगत रुपमा सहयोग गर्न सकिने जनाएको छ ।
सहयोगका लागी सस्थाको राष्ट्रिय बाणिज्य बैक सुर्खेत को चल्ती खाता नम्बर ८४६६ रहेको राजी शाल्म समाज सुर्खेत शाखाले जनाएको छ । उनको उपचारको लागि अहिले विभिन्न संघ÷संस्था तथा व्यक्तिबाट सहयोग जुट्न थालेको छ ।