Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

७ जनाको शव भेटियो, ४ जनाको सनाखत

जाजरकोट |

जाजरकोटको बारेकोट गाउँपालिका–४ मा गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ। उद्धारका क्रममा शुक्रबार दिउँसोसम्म ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। भेटिएका ७ जनाको शवमध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

गोपाल सार्की, अर्जुन सार्की, डिल्ली सार्की र वीरेन्द्र सार्कीको सनाखत भएको उनले जानकारी दिए। श्रेष्ठका अनुसार चारै जना एकै परिवारका हुन्। पहिरोमा परी १२ जना बेपत्ता भएका थिए। बाँकीको खोजी कार्य जारी रहेको डिएसपी श्रेष्ठले जानकारी दिए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गएको छ।

बिहीबार राति परेको अविरल वर्षासँगै गएको पहिरोमा बारेकोट–४ का २ घर पुरिएका छन्।