गजल – खगेन्द्र अधिकारी ‘अमृत’
तिम्ले छोड्यौ भनेपनि मुटु चर्कनेछ जानीराख

बाह्र वर्षमा खोलो समेत फर्कनेछ जानीराख
मैले नहारेसम्म तिमीले जितेको इतिहास छैन
तिम्रो जीत, मेरो हार संसार थर्कनेछ जानीराख
मान्छे कति स्वार्थी हुँदोरहेछ ऐना हेर्नु तिमीले
दुःखमा साथ खोज्छ सुखमा तर्कनेछ जानीराख
मोल्यौ आज नराम्रोसँग दुष्मनी मोल्यौ कसैसँग
मुस्कुराउँदै उसैले शितल छर्कनेछ जानीराख
दयाभावको बोलिले कहिल्यै नबोल्नु मसँग
त्यतिबेला ‘अमृत’ पनि झर्कनेछ जानीराख






