केदार संकेत पुरस्कृत
सुर्खेत ।
नेपाली साहित्यको श्रीबृद्धिमा लागि राख्नुभएका केदार संकेत पुरस्कृत हुनु भएको छ ।

उहाँलाई बेलायतको सबैभन्दा पुरानो साहित्यिक संस्था “नेपाली साहित्य विकास परिषद बेलायतले साहित्य सम्मान रजत वर्ष अभिनन्दन पत्र तथा पदक तथा नगद २० हजार २५ रूपियाँसहित २०२० को पुरस्कार प्रदान गरेको हो ।

विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित संकेत नेपाली साहित्यको क्षेत्रमा कथा, मुक्तक लगायतका विधामा संकेत कलम चलाउँदै आउनु भएको छ । उहाँका आफै जलिरहेको देश, एथेन्सको झरी, यात्रा स्पर्श, पैयूका फूलहरु, संकेतका कविताहरु, अफिम फुल्ने देशमा, ताँगो तेकेरे नुङ, बुद्धल्याण्ड टु स्विजरल्याण्ड चर्तिक कृतिहरु प्रकाशित छन् । विभिन्न साहित्यिक संघ संस्थामा रहेर नेपाली साहित्यको श्रीबृद्धिका लागि विभिन्न विद्यामा रहेर उहाँ कलम चलाउँदै आउनु भएको छ ।
क्वीकखबर पनि उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।







