Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णालीमा ४१ थपिए ४७ डिस्चार्ज भए

सुर्खेत ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४१  जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणबाट ४७ जनामा कोरोना देखिएको हो ।

जसमा सुर्खेतका ४१ जना, रुकुम पश्चिम र दैलेखका दुई/दुईजना र जाजरकोट र बाँकेका एक÷एकजना रहेका छन् । यो संगै कर्णांलीमा कुल संक्रमितको संख्या १६ सय ६३ पुगेको छ ।

यस्तै सोमबार नै थप ४७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सल्यान अस्पताल सल्यानबाट ३४ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टर सुर्खेतबाट १२ जना र आठबीस आइसोलेसन सेन्टर दैलेखबाट १ जना गरी ४७ जना डिस्चार्ज भएका हुन ।

यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १४ सय ५५ जना पुगेको छ । संक्रमित मध्ये २ सय २ जना उपचाररत रहेका छन् । भने ६ जनाको मृत्यु भएको छ ।