कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित
सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो । कर्णालीका एक जना प्रदेश सभामा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै, कर्णालीमा मंगलबार थप ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १४६२ पुगेको छ । अब कर्णालीमा सक्रिय संक्रमित २२२ जना रहेका छन् । जसमध्ये १९१ जना आइसोलेसनमा छन् भने बाँकीलाई आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।
कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।






