कृषि शाखाद्वारा फलफूलका विरुवा वितरण
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका कृषि शाखाले विभिन्न फलफूलका विरुवाहरु वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदान विभिन्न फलफूलका विरुवाहरु वितरण गरेको हो ।
फलफूलका विरुवा वितरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा कार्यवहाक प्रमुख मोहनमाया ढकालले यी विरुवा लगेर हुकाई बढाइ यसबाट आयआर्जनमा समेत बृद्धि गर्नुहुनेछ भन्ने विश्वास रहेको बताउनु भयो । थप प्राविधिक सहयोगका लागि नगरको कृषि शाखाले व्यवस्थापन गर्नेछ उहाँले भन्नुभयो ।
फलफूल वितरणले जीवनस्तरमै परिवर्तन गर्ने ढकालले आशा व्यक्त गर्नुभयो । यसलाई हुर्काएर बढाएर तपाईहरुले लाभ लिन सक्नु भयो भने अरुलाई पनि यो देखेर प्रेरणा मिल्न सकोस् भन्ने उद्देश्य रहेको उहाँको भनाई थियो । विरुवा वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललगायत विभिन्न कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।











